तरकारी बेर्ना उत्पादन
केन्द्रको वरिपरि रहेका कृषकहरुलाई सेवा पुर्याउने उदेश्यले यस केन्द्रमा मौसमी तरकारी बेर्ना उत्पादन हुने गरेको छ। काउली, वन्दा, ब्रोकाउली, गोलभेडा, प्याज, लहरे तरकारी बाली तथा खुर्सानी जात तरकारी बालीहरुको बेर्ना उत्पादन भई विक्रि वितरण हुने गरेको छ।तरकारी बेर्नाको मूल्य तपसिल अनुसार रहेको छ।
- काउली वन्दा ब्रोकाउली (खुला)- रु २ प्रति बेर्ना
- गोलभेडा हाईब्रिड (खुला)- रु 2.5 प्रति बेर्ना
- गोलभेडा खुल्ला सेंचित (खुला)- रु 1.5 प्रति बेर्ना
- प्याज- रु 0.4 प्रति बेर्ना
- काक्रो फर्सी लौका घिरौला करेला जुकिनि तथा अन्य लहरेवाली (हाईव्रिड) पोलिपट-रु 15 प्रति बेर्ना
- खुर्सानी (हाईव्रिड) खुला- रु २ प्रति बेर्ना
- खुर्सानी (खुल्ला सेंचित) खुला- रु १ प्रति बेर्ना
- भेडे खुर्सानी (हाईव्रिड) खुला- रु ३ प्रति बेर्ना
- भण्टा (सबै जात) खुला- रु २ प्रति बेर्ना