फलफूल विरुवा उत्पादन
यस केन्द्रमा विभिन्न प्रकारका फलफूलका विरुवाहरु उत्पादन गरिन्छ। मूख्यतः आँप, लिचि, मेकाडेमियानट, कागति, मेवा र रुखकटहरको विरुवाहरु उत्पादन हुन्छ।
फलफूल माउबोटको विवरण
केन्द्रमा माउबोट ब्लक, जर्मप्लाज्म ब्लक र उत्पादन ब्लक तयार गरी फलफूल बगैंचा स्थापना गरिएको छ। केन्द्रमा भएका विभिन्न फलफूलका माउबोटहरूको विवरण यस प्रकार छः
- आँप-बम्बई ग्रीन, दशहरी, माल्दह, गोपालखास, कृष्णभोग, फजली, चौसा, निलम, आम्रपाली,
- लिचि-शाही, सिडलेस, मुजफ्फरपुर
- अम्बा-के.जी.१
- मेकाडेमियानट-किउ
- सुन्तलाजातः कागती (सुनकागती-१, सुनकागती-२, तेह्रथुम लोकल, सुन्तला (उन्सु र किन्नो)
विरुवाको मूल्यः
- आँपः आम्रपाली र माल्लिका रु ११५/-, अन्य जात रु ८५/-
- लिचिः रु ८५/-
- अम्बाः मूल्य रु ४०/-
- मेकाडेमियानटः रु ७५/-
- कागती विजुः रु ४५/-
- मेवाः रु ४५/-
- रुखकटहरः रु ४०/-