कफि विरुवा उत्पादनः
यस केन्द्रमा रहेका माउबोट बाट उत्पादित बीउबाट कफिको विरुवा विक्रि वितरण हुदै आएको छ। जातिय पहिचान सहित विरुवा उत्पादन गर्नको लागि यस केन्द्रमा विभिन्न १० जातको माउबोट ब्लक स्थापना गरिएको छ।
यस केन्द्रमा रहेका कफिका जातहरुः बोर्बोन भर्मेलो, कातुआई अमारिलो, सेलेक्सन-१०, गुल्मी लोकल, मुन्डोनोभो, ईन्डोनेसिया, टेकिसिक, चन्द्रागिरी, स्याङ्जा लोकल र काटिमोर।
(मूल्य रु ४०/- प्रति विरुवा)