- विभिन्न जातका मसलाबाली, तरकारीबाली, आलुबाली तथा मध्य पहाडका खोंच तथा बेंसी क्षेत्रमा सम्भाव्य उपोष्ण प्रदेशीय फलफूलको स्रोत केन्द्रको रुपमा विकास गर्ने।मसलाबालीहरु जस्तैः अदुवा, बेसार, लसुन लगायतका गुणस्तरीय बीउ उत्पादन गरी बिक्री वितरण गर्ने।
- विभिन्न उष्ण तथा उपोष्ण जातका फलफूल (आँप, लिची, मेकाडेमियानट, कागती, रुखकटहर अम्बा लगायत अन्य सम्भाव्य फलफूलहरु) का गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने।
- विभिन्न जातका तरकारी (चौमासे सिमि काक्रो गोलभेडा) को मूल, उन्नत तथा बर्णशंकर बीउ उत्पादन तथा बाली चक्रको रुपमा धानको मूल एवं उन्नत बीउ उत्पादन तथा गुणस्तरीय तरकारी बेर्ना उत्पादन तथा बिक्री वितरण गर्ने।
- विभिन्न जातका भूगोल सुहाँउदो उन्नत जात तथा स्थानीय बागवानी बालीहरुको जर्मप्लाज्म संकलन, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने।
- केन्द्रको प्रभाव क्षेत्रमा रहेका निजी नर्सरीहरूमा गुणस्तरीय बिरुवा उत्पादन गर्नको लागि प्राविधिक सहयोग, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
- केन्द्र परिसर तथा कमाण्ड क्षेत्रमा बगैंचा व्यवस्थापन तथा उत्पादनोपरान्त प्रविधि प्रदर्शन तथा कृषि प्रसार गतिविधि मार्फत गुणस्तरीय फलफूल, तरकारी तथा मसलाबाली उत्पादन प्रविधि, अध्ययन, परीक्षणका क्रियाकलापहरू संचालन गरी प्रचार प्रसार गर्ने।
- फार्म केन्द्रमा रहेका भौतिक संरचनाको संरक्षण तथा आधुनिक प्रविधिको अनुसरण गर्दै विकास गर्ने |
- केन्द्रको प्रभाव क्षेत्रमा कृषि ज्ञान केन्द्र तथा स्थानीय तहसँग समन्वय गरि बागवानी विकास सम्वन्धी कृषि प्रसार गतिविधि सञ्चालन गर्ने तथा कमाण्ड क्षेत्रका कृषि ज्ञान केन्द्रहरु तथा स्थानिय तहहरुलाई सम्वन्धित विषयमा प्राविधिक परामर्श उपलव्ध गराउने।
- फलफूल, तरकारी, आलुबाली तथा मसलाबाली खेती सम्बन्धी सैदान्तिक तथा व्यवहारीक तालिम प्रदान गर्ने।
- कृषि स्नातक तथा जे.टी/जे.टी.ए. कोर्ष अध्ययनरत विद्यार्थीहरुका इन्टर्नसिप तथा कार्यगत तालिम कार्यक्रम संचालन गर्ने।
- केन्द्रसँग सम्वन्धित बालीबस्तुमा कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरुको लागि व्यवसाय विकास सेवा उपलव्ध गराउने।
- संघीय तथा प्रदेश मन्त्रालय अन्तर्गत संचालन हुने फलफूल, तरकारी तथा मसलाबालीको उत्पादन, बीउ र बिरूवा सम्बन्धि कार्यमा सहयोग गर्ने |
- प्रदेशस्तरमा बागवानी विकास सम्बन्धि नीती तथा कार्यनीति तयार गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विकास निर्देशनालयलाई सुझाव र सल्लाह दिने
- सरोकारवालाहरुसँग आवश्यक समन्वय गरि केन्द्रसँग सम्वन्धित बाली बस्तुमा विकसित नविनतम प्रविधिको फिल्ड परिक्षण गर्ने।
- केन्द्र परिसर वा कमाण्ड क्षेत्र भित्र सम्वन्धित वालीको उत्पादन तथा पत्पदोपरान्त प्रविधि सम्वन्धी अध्ययन, परिक्षणका क्रियाकलापहरु संचालन गरि प्रचार प्रसार गर्ने।
प्रशासन शाखा
- कर्मचारी प्रशासन सम्वन्धी कार्य गर्ने
- कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्वन्धी कार्य गर्ने।
- जिन्सि तथा स्टोर व्यवस्थापन गर्ने।
- जनशक्ति व्यवस्थापन सम्वन्धी कार्य गर्ने।
- तालुक निकयहरुबाट प्राप्त निर्देशन एबं राय सुझाव कार्यान्वयन गर्ने/गर्न सहयोग गर्ने।