वि.सं.२०३१ सालमा वृहत्त बागवानी केन्द्रको रुपमा यस केन्द्रको स्थापना भएको हो। केही वर्ष पश्चात् यस केन्द्रको नाम परिवर्तन भै बागवानी विकास केन्द्रको रुपमा रहन गयो भने आ.व.२०६१/६२ देखि यस केन्द्रको नामाकरण मसला बाली विकास केन्द्रको रुपमा हुन गै यस केन्द्रले बागवानीका सबै पक्षहरुलाई समेटी कार्यक्रमहरू संचालन गर्दै आई रहेको छ। यस केन्द्रमा उत्पादन हुने कृषि उपजहरू केन्द्रले कृषकहरुलाई सुलभ सरकारी दर रेटमा बिक्री वितरण समेत गर्दै आएको छ जसको फलस्वरुप कृषकहरु व्यावसायिकरण तर्फ उन्मुख भई काठमाण्डौ उपत्यकाका उभभोक्ताहरुको मागको प्रमुख हिस्सा तरकारी र आलुको आपूर्ति यसै क्षेत्रवाट हुँदै आएको छ। यसका साथै फलफूल खेती तर्फ आकर्षित कृषकहरुलाई सेवा प्रदान गर्नुका साथै मसला बालीको एक मात्र श्रोत केन्द्रको रुपमा कृयाकलापहरू संचालन गर्दै कृषकस्तरमा सेवा पुर्‍याउँदै आईरहेको छ।

वि.सं.२०३१ सालमा वृहत्त बागवानी केन्द्रको रुपमा यस केन्द्रको स्थापना भएको हो। केही वर्ष पश्चात् यस केन्द्रको नाम परिवर्तन भै बागवानी विकास केन्द्रको रुपमा रहन गयो भने आ.व.२०६१/६२ देखि यस केन्द्रको नामाकरण मसला बाली विकास केन्द्रको रुपमा हुन गै यस केन्द्रले बागवानीका सबै पक्षहरुलाई समेटी कार्यक्रमहरू संचालन गर्दै आई रहेकोको अवस्थामा राज्य पूर्नसंरचनामा यस केन्द्र वागमती प्रदेश सरकारको मातहतमा रहदै आएको छ। आ.व. २०८०/८१ को २०८० माघ महिनाबाट यस केन्दको नामाकरण बागवानी विकास केन्द्र रहेको छ। 

मुख्य कृयाकलापहरु

काभ्रे जिल्लाको उर्वर भूमिको रुपमा परिचित पाँचखाल उपत्यकाको बीचमा अवस्थित यस केन्द्रले संचालन गर्ने मुख्य-मुख्य कृयाकलापहरू यस प्रकार रहेका छन् -

  • विभिन्न उन्नत जातका आलुको बेसिक (मूल), प्रमाणीत तथा उन्नत बीउ उत्पादन।
  • फलफूल बालीमा आँप, लिचि, अम्बा, रुखकटहर आदिका गुणस्तरिय बिरुवा उत्पादन।
  • मसला बाली अन्तर्गत मूख्य रुपमा बेसारको पाना (बीउ) उत्पादन, अदुवाको पाना (बीउ) उत्पादन, लसुनको बीउ उत्पादन।
  • तरकारी बाली तर्फ चौमासे जातको सिमीको तरकारी बीउको श्रोत केन्द्रको रूपमा तरकारीको मूल बीउ उत्पादन।
  • तरकारी बेर्ना तर्फ विभिन्न हिउँदे र वर्षे तरकारी बालीका बेर्ना उत्पादन।
  • बाली चक्रको रुपमा धानको बीउ उत्पानद। 
  • आलङ्कारीक बिरुवा तर्फ विभिन्न मौसमी, एक वर्षे, बहुवर्षे फूल बिरूवा उत्पादन।
  • बागवानी बालीमा स्थानिय श्रोत व्यक्ति तयार गर्नका लागि जिल्ला स्तर अगुवा कृषक तालिम संचालन। 
  • कृषकहरुलाई परेको समस्या फिल्डस्तरमा नै समाधानको लागि स्थलगत घुम्ती तालिम संचालन।
  • केन्द्रको कमाण्ड क्षेत्रका कृषकहरूलाई प्राविधिक सेवा टेवा पुर्‍याउने कार्य।

फलफूल माउबोट तथा जातिय संरक्षणको विवरण

केन्द्रमा माउबोट ब्लक, जर्मप्लाज्म ब्लक र उत्पादन ब्लक तयार गरी फलफूल बगैंचा स्थापना गरिएको छ। केन्द्रमा भएका विभिन्न फलफूलका माउबोटहरूको विवरण यस प्रकार छः-

१. आँप (बम्बई ग्रीन, दशहरी, माल्दह, गोपालखास, कृष्णभोग, फजली, चौसा)-२५० वटा

२. लिचि शाही, सिडलेस, मुजफ्फरपुर

३. अम्बा - ५

४. मेकाडेमियानट (किउ) - 

केन्द्रमा जातिय/जर्मप्लाज्म संकलन, संरक्षण तथा सम्वर्द्धन गरिएका विभिन्न बागवानी बालीहरूको विवरण यस प्रकार रहेको छः-

  • लसुन- भोटे, दोलखा स्थानिय
  • अदुवा- कपुरकोट-१, कपुरकोट-२
  • बेसार- कपुरकोट हलेदो-१, सुगन्धा
  • घ्यू सिमी- चौमासे
  • करेला- ह्वाइट लङ्ग
  • गोलभेंडा- सि.एल.2037 र होचो क्रश
  • आलु- जनकदेव, कार्डिनल, डेजिरे, खुमल रातो, खुमल सेतो